नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ : नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिने मन्त्रीहरुमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन् ।

सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यस्तै मदन परियारले कृषि तथा पशुपंक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि तथा महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!