पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधी जवलपुर माविले जित्यो

बैतडीः पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। पञ्चेश्वर गाउँपालिका–०५ धिरमोडामा रहेको देवथला खेल मैदानमा सञ्चालन भएको चौथो गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो।

प्रतियोगिताको उपाधी जवलपुर माध्यमिक विद्यालय सैलोडाले जितेको छ। ८ स्वर्ण, ११ रजत र ८ कास्यपदकका साथ जवलपुर माध्यमिक विद्यालय सैलोडा बिजेता बनेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माहामलसिह घटालले बताए ।

   

७ स्वर्ण, ५ रजत, ८ कास्यपदक जित्दै सोमेश्वर माध्यमिक विद्यालय द्धित्तीय र ७ स्वर्ण, ५ रजत र ४ कास्यपदक जित्दै कुलाउ माध्यमिक विद्यालय कुलाउ तृतीय भएको जनाईएको छ। पहिलो पटक देवथला खेलमैदानमा सम्पन्न प्रतियोगितामा ९ विद्यालयहरु सहभागि भएका भएको प्रमुख व्यवस्थापक तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामसिह पुजारले बताए ।

समापन समारोहमा बोल्दै वडा अध्यक्ष पुजाराले ८ बर्षमा गाउँपालिकाको कार्यपालिकाले ५ र ६ का नागरिकको आवाज सुनेको बताए । उनले फिल्ड व्यवस्थापनमा अबका दिनहरुमा गाउँपालिकाले बजेट विनियोजन गर्नु पर्ने माग राखे । सहभागी प्रमुख राजनितीक दलका नेताहरुले फिल्डको स्तरोउन्नती गर्नु पर्नेमा जोड दिएका थिए । काग्रेस नेता रमेश भण्डारीले पहिलो पटक देवथलामा शिल्ड आयोजना गरेर गाउँपालिकाले राम्रो गरेको बताए । उनले खेलक्षेत्रमा गाउँपालिकाले बजेट बढाउनु पर्ने बताए ।

समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष बिना भट्टले प्रतियोगितामा सहभागि सबै विद्यालयले राम्रो प्रदर्शन गरेकाले सबैलाई धन्यबादसहित आगामी दिनको शुभकामना दिइन् । उनले देवथला खेलमैदानमा गाउँपालिकाले बजेट विनियोजन गरेको प्रष्ट गरिन् । उनले अगामी दिनमा समेत गाउँपालिकाले बजेटको व्यवस्था गर्ने बताइन्।

कार्यक्रमका प्रमुख अतिथी दशरथचन्द नगरपालिकाका उपप्रमुख कैशिला चन्दले खेल क्षेत्रमा लगानी गर्नु युवामा लगानी गरेको जस्तै भएको बताइन् । उनले जिल्ला स्तरिय शिल्डमा पनि गाउँपालिकाले राम्रो खेलाडी छनोट गरेर पठाउने विश्वास व्यक्त गरिन् । पञ्चेश्वर गाउँपालिका र दशरथचन्द जोडीएका पालिका भएकाले धेरै विकास साँझ रुपमा गर्ने सकिने बताइन् ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गाउँपालिकाले खेलक्षेत्रमा लगानी बढाउदै गएको बताए । उनले देवथला खेलमैदान पालिकास्तरिय फिल्ड भएको घोषणा गरे । उनले भने, कुलाउमा पनि खेलमैदान आवश्यक हो तर त्यहाँ जग्गा मिल्दैन सार्वजनिक जग्गा छैन् । व्यक्तीगत जग्गा त सार्वजनिक शौचालय निमार्णका लागि समेत नदिने बताए । उनले समाजीक सञ्जालले युवाहरुमा गलत सन्देश गइरहेको बताए ।

६ गतेदेखी ८ सम्म सञ्चालीत प्रतियोगिताको मुख्य व्यवस्थापक नागाचर्न माध्यमिक विद्यालय रहेको थियो। सह व्यवस्थापकको जिम्मेवारी जयपुर माध्यमिक विद्यालय, आमपुर माध्यमिक विद्यालय र माहाकाली आधारभुत विद्यालयले लिएका थिए।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!