बैतडीमा पूर्वमन्त्री, स्वतन्त्र र बागीसहित १२ उम्मेदवार

ललित बोहरा/बैतडी : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पूर्वमन्त्री, स्वतन्त्र, बागीसहित १२ जनाको उम्मेदवारी दर्ता भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्द, नेपाल मजदुर किशान पार्टीका नवराज कोइराला, नेकपा एमालेका पूर्व मन्त्रीदामोदर भण्डारी, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल कम्युनिष्ट पार्टीका (माओवादी) रामबहादुर कुँवरले उम्मेदवारी दर्ता तराएका छन् ।

यस्तै नेपाली कांग्रेसका चतुरबहादुर चन्द, आम जनता पार्टीका विशन सिंह बोहरा, नेपाली क  म्युनिष्ट पार्टीका परमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका हरीमोहन भण्डारी र जनता समाजवादी पार्टीका आन सिंह भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

यता काँग्रेसबाटै बागी उम्मेदवारको रुपमा तेज बहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अर्का स्वतन्त्र व्यक्ति जयप्रकाश पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले वारिसबाट उम्मेवारी दर्ता गराएका हुन् भने अरु सबैले आफु नै उपस्थीत भएर उम्मेदवारी दर्ता गरेका हुन् । तीन दल एमाले, नेकपा र काग्रेसले बैतडीमा र्यालीसहित उम्मेदवारी दर्ता गराएका छन् ।

अरू सबैले स्वयम उपस्थित भइ उम्मेदवारी दिएपनि रास्वपाका हरिमोहन भण्डारीले भने रास्वपा जिल्ला सभापती मार्फत वारेसनामा उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

 

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!