ललित बोहरा: बैतडी
‘दाई तमरी नोकरी कहाँ छ भारतका कुना जुनकीरी तम दाजु प्रदेश नजा हो आमा रुना रुना ‘इन्द्रेणीमा गाएको डाडीभाका अहिले भाईरल भइरहेको छ । यो गीत गाउने १९ बर्षिय तुलसी बिकको घर डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा हो ।
८ कक्षासम्म गाउँकै बिद्यालयमा पढेकी तुलसीलाई पहिले रेडियो गित गाउने बोल्ने निकै इच्छा थियो । विस्तार रेडियो युनिटीमा बोल्दै गर्दा उनलाई गित रेर्कड नै गर्ने इच्छा लाग्यो ।
रेडियो छोडेर उनले साथीको सहयोगले उनी काठमाण्डौ पुगीन तर सधै साथीकोमा बस्न समस्या भयो । तर गित गाउने पालो इन्द्रेणीमा आएन् । र ७ दिन सडकमै बसीन सडकमै मागी खाईन् ।
केही दिन पहिले उनलाई देउडा गायक भानु भत्त जोशीको सहयोगमा इन्द्रेणी पुगेर गीत गाउने छोटो समय पाईन् ।
अहिले उनले जोशीकै सहयोगमा गित रेकर्ड गरिसकेकी छन् भने अहिले वास व्यवस्थापन समेत मिलाएको जोशीले बताए ।
नव गायकी तुलसीका लागि आर्थिक संकलन गर्ने अभियान चलाएकाे स्थानीय मोहन सिह ठकुराठीले बताए ।