डडेल्धुराको अजयमेरुमा एकिकृत स्वास्थ्य शिविर सुरु

ललित बोहरा, डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा निशुल्क एकिकृत स्वास्थ्य शिविर सुरु भएको छ। बिहीबार वडा नम्बर ६ राजुल जनचेतनाबाट विशेषज्ञ डाक्टरसहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन भएको अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।

६ वटै वडामा संचालन हुने शिविरको एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाअध्यक्ष उमेश प्रशाद भट्ट (विकास)ले उद्घाटन गरेका हुन् ।
राजुल आधारभुत स्वास्थ्य केन्द्रमा बिहीबार पहिलो दिन २ सय ५० जना सेवाग्राहीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

जसमध्ये बहिरंग सेवा १ सय ५६ जना, दन्त सेवा ३५ जना, आयुर्वेदिक सेवा ७४ जना, आँखाको उपचार १ सय १० जना, चस्मा वितरण ३१ जना,प्रयोगशाला सेवा २२ जना, भिआए सेवा १२ जना, भिडियो एक्सरे सेवा २२ जना, क्षयरोगको स्क्रीनीङ ३ जना तथा जम्मा औसधि वितरण १ सय ९० जना सेवाग्राहिलाई सेवा दिईको जनाएको छ ।

अजयमेरु गाउँपालिका आयोजना तथा डडेल्धुरा अस्पताल डडेल्धुरा, नोभा अस्पताल, केजी अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
शिबिरमा जनरल चेक जाँच तथा उपचार सेवा, भिडियो एक्सरे सेवा, दन्त उपचार सेवा, निशुल्क औषधि बितरण, ल्याव सेवा, निशुल्क आँखा जाँच तथा चस्मा बितरणका लागि र निशुल्क शल्यक्रिया गर्नुपर्नेहरुको तथ्यांक संकलन, आयुर्वेदिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा प्रदान भइरहेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताइन् ।

अजयमेरु गाउँपालिको सबै वडामा शिविर संचालन भइहरेको छ । भोली १४ गते वडा नम्बर ५ को देवल स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजे सम्म शिविर संचालन हुने छ भने सेती प्रादेशिक अस्पताल धनगढीका बरिष्ट मुठु रोज बिशेषज्ञ डक्टर चित्र राज शर्माद्धारा मुटुरोग सम्बन्धि चेकजाँच तथा उपचार हुने जनाईएको छ।

१५ गते वडा नम्बर ४ चिपुर स्वास्थ्य चौकी बिहान १० बजे देखि दिउँसो ५ बजेसम्म, १६ गते वडा नम्बर ३ आधारभुत अस्पताल, भद्रपुर, १७ वडा नम्बर २ को चमडा स्वास्थ्य चौकी, १८ वडा नम्ब। १ को समैजी स्वास्थ्य चौकीमा शिविर संचालन हुने गाउँपालिका उपाध्यक्ष पालले बताए । शिविरमा आएर स्वास्थ्य सेवा लिन गाँउपालिकाले आग्रह गरेको छ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.